सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढ्यो

सुनको मूल्य मंगलबार (आज) तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सोमबार तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज मूल्य बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि आइतबारकै मूल्य याथवत् रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।