काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेल पुनः वीर अस्पतालमै फर्किन बाटो खुलेको छ ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले १४ मंसिरमा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएका थिए । सोपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।














