यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो।
एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन।
यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ । ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको छ।
जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।














