प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको प्रतिनिधि मण्डलको अमेरिका र चीन भ्रमणका क्रममा चार करोड ७४ लाख रूपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा दिइएको आर्थिक सहायताको विवरणमा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको अमेरिका र चीन भ्रमणका लागि चार करोड ७४ लाख रुपैयाँ दुई हजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीको प्रतिनिधि मण्डलको भ्रमण खर्चबापतको रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री भदौ ३० गते अमेरिका गएका थिए । त्यसपछि उनी त्यतैबाट असोज ५ गते चीन पुगेका थिए। १३ असोजमा मात्रै उनी नेपाल फर्किएका थिए ।














