नारायणी नदीमा हामफालेर महिलाले गरिन् आत्महत्या

नारायणी नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् । चितवनस्थित नारायणी नदीको पुलबाट हामफालेर धनुषाकी संगीता कुमारी साहले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पुलबाट हामफालेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चितवन महानगरपालिका १० मा बस्दै आएकी थिइन् ।