बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो । उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको एसपी शाहीले जानकारी दिए।