कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

आइतबार बिहान बसेको न्याय परिषद्को बैठकले कुँवर र पौडेल न्यायाधीश सिफारिस गरेको हो ।

परिषद्ले कुँवरलाई पाटन उच्च अदालतमा र पौडेललाई पोखरा उच्च अदालतमा पदस्थापनका लागि पनि सिफारिस गरेको छ ।

न्याय परिषदको सिफारिसअनुसार प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्ति दिनेछन् ।

उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ ।