सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६०प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
मृतकका आफन्ताले अहिले उक्त सडकखण्डमा अवरोध गरेका छन् । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् ।















