एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल, देउवा र प्रचण्डमाथि संसदीय छानबिनको माग

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएको भोलिपल्टै बसेको समितिको बैठकमा त्यसबारे प्रश्न उठेको थियो ।

बैठकमा उपस्थित सत्ता गठबन्धन दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पत्रबारे मौन बसेका थिए । समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

बैठकमा एमाले नेता भीम रावल लगायतका नेताले यसबारे प्रधानमन्त्रीलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने बताएका छन् । रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग राखेका छन् । रावलले पत्र आपत्तिजनक भएको भन्दै देउवा र प्रचण्डले अनधिकृत काम गरेकाले संसदीय समितिले छानबिन गर्नुपर्ने बताएका हुन् ।

https://www.tvannapurna.com/42842/2022/02/06/?fbclid=IwAR18gNRLw9qxndPeIUWh2GoRrcohXWuvzOtd4qyUFFt9dmzrNu5yLOoRCL8

https://www.tvannapurna.com/42964/2022/02/07/?fbclid=IwAR2vP9NAOhs9vEgZvseNwhP-BSCxd1fvXiKuce-W190WuAL-UpKAMIIR8B8