काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई शुक्रबार छलफलमा लगिने भएको छ । संसद बैठक भोलि शुक्रबार बस्दै छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ ।
८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएका थिए । भोलिको बैकममा पनि अर्थमन्त्रीले नै पेस गर्ने कार्यसूची बनाइएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।














