नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर नाराबाजी गरेका हुन् ।
सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।














