सूर्य चिन्हबाट चुनाव लड्ने सबै एमाले : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नोटिसमा राखेको भन्दै आचारसंहिता उल्लंघन भए कारवाही गरिने प्रस्ट पारेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको जनाएका हुन् ।

‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’ साथै निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्ने भन्दै सोही दलका उम्मेदवार रेकर्डमा रहने बताए ।

यस्तै राप्रपा नेपाल र परिवार दलका नेताहरू पनि एमालेकै उम्मेदवार हुने भएको छन्। एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने सहमतिसहित एमालेसँग तालमेल गरेपछि एमालेकै उम्मेदवार हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगको बिहीबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘चिन्हको कुरा सम्बन्धित पार्टीले हस्ताक्षर गरेर दिएपछि उम्मेदवार हुने हो। कुन व्यक्ति कुन दलसँग सम्बन्धित छ भन्ने आयोगलाई जानकारी हुँदैन। आयोगलाई सम्बन्धित दलले टिकट दिएपछि लड्न पाउँछ। जुन चुनाव चिह्नबाट लडेको छ। त्यो त्यही पार्टीको उम्मेदवार हुन्छ।’

https://www.tvannapurna.com/57970/2022/04/13/

https://www.tvannapurna.com/58186/2022/04/14/