हावाहुरीसहितको वर्षाका कारण मतदातालाई असजिलो

शुक्रबार देशका विभिन्न भेगमा हल्का र मध्यम खालको वर्षा भएको छ । वर्षाका कारण मतदानस्थल जाने र मत हालेर फर्किने मतदाता प्रभावित भएका छन् । कतिपय वर्षा भएका स्थानका मतदान केन्द्रमा हिलो भएकाले मतदान कष्टपूर्ण बनेको छ ।

शुक्रबार दिउँसो लुम्बिनी र प्रदेश १ का पहाडी भेगका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । प्रदेश नं १, मधेश प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

आज स्थानीय र पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान काठमाडौंसहित लुम्बिनी प्रदेशका पूर्वी भेगमा विहान वर्षा भएको छ ।