निर्वाचन आयोगले काठमाडौं महानगरपालिकासहित धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार सबैभन्दा चासोको क्षेत्र रहेको काठमाडौंमा ५२ प्रतिशत हाराहारीमा मात्र मतदान भएको तथ्यांक छ । ‘सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको तथ्यांक छ । आयोगले अपेक्षा गरेअनुसार मतदान भएन । कारण पहिल्याउन बाँकी छ ।’ उनले भने ।













