बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ ।
प्रारम्भिक मत गणनाअनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् ।
उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन् । वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।













