काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन् ।
यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्। मेयरमा भने बालेन शाहले सुरुवाती अग्रता लिएका छन्।










