रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा काँग्रेस विजयी

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन् । केसीले ६ हजार ९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन विजयी भएका छन्। उनले ६ हजार १४० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत प्राप्त गरेका छन् । १४ वडा रहेको यस नगरपालिकामा १, २, ३, ५ , ८ र १४ नेपाली कांग्रेसले जितेको छ भने ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेका छन्। नेकपा एमालेले एउटा वडा पनि जित्न सकेन।