पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए । बिमान विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
प्राधिकरणका अनुसार बिहान बिमान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने बिमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको बताइएको छ । चालक दलमा क्याप्टेन घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किष्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, चार भारतीयसहित २ अन्य देशका नागरिक थिए । बिमानबारे खोजविन सुरु भएको छ ।
https://www.tvannapurna.com/68416/2022/05/29/
https://www.tvannapurna.com/68413/2022/05/29/
https://www.tvannapurna.com/68408/2022/05/29/
https://www.tvannapurna.com/68405/2022/05/29/
https://www.tvannapurna.com/68396/2022/05/29/?fbclid=IwAR205Igzgkr-tefUbBMYvR5zdxfzhhgdS4FiAck2KFpffaE6tQUGM6Ai2x0















