मेलम्ची खानेपानी आयोजना खारेज, अब विभागले हेर्ने

काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । बजेट वक्तव्यमार्फत सो समिति र ग्रामीण खानेपानी कोष विकास समिति खारेज गर्ने सरकारले घोषणा गरेको हो ।ती समितिले गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्नेबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडि बढाइने छ । नगरकोट क्षेत्र दक्षिणकाली थानका्ेट क्षेत्र र गोदावरी क्षेत्र गरी काठमाडौं उपत्यकाका ४ दिशामा पानी पोखरी सहितको जलाधार क्षेत्रको निर्माण गर्न अध्ययन गरी यस्ता जलाधार खानेपानीको आपूर्तिको वैकल्पिक स्रोतको रुपमा विकास गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।