सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेको छ ।आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि उत्पदानमा केन्द्रित गरेको बताएका हुन् ।हालसम्म यो कार्यक्रम स्थानीय तहको सिफारिसमा हुने साना निर्माण आयोजना मार्फत रोजगारी दिने गरी कार्यक्रम सन्चालन हुँदै आएको थियो। यसका लागि ७ अर्ब ५ करोड विनियोजन गरिएको छ ।
यो कार्यक्रम मार्फत प्रत्येक वर्ष रोजगार सेवा केन्द्र मार्फत दुई लाख सूचीकृतलाई रोजगार प्रदान गरिने बताइएको छ ।















