पछिल्ला दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि थप ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको थियो।
गत बुधबार भने सुनको मूल्य ३ लाख ५ सय रुपैयाँमै कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घट्दै आज ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा थियो भने गत बुधबार ५ हजार १३० रुपैयाँ पुगेको थियो।
सुनको मूल्य लगातार घट्दै, दुई दिनमै तोलामा ६ हजारले कमी














