जिवनराम श्रेष्ठलाई मन्त्री बन्नबाट रोक्न प्राधिकरणका महानिर्देशक अधिकारीको दौडधुप

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने चर्चा शुरु भएसँगै मन्त्रीबाट फिर्ता हुनुपर्नेलाई भन्दा पिरलो यतिबेला नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई छ ।
सेटिंग र चलखेलमार्फत प्राधिकरणका मालद्धार आयोजनाको प्रमुख हुदाँ कुम्लाएको करोडौ बुझाएर बरिष्ठलाई पन्छाएर महानिर्देशक बनेका अधिकारीलाई नेकपा एसका नेता जिवनराम श्रेष्ठ पर्यटन मन्त्री बन्ने चर्चाले रातको निद न दिनको भोकजस्तै बनाएको प्राधिकरणकै कर्मचारीहरु बताँउछन ।

प्राधिकरणकै इतिहासमा सबैभन्दा बढि विवादित छवीका अधिकारी जिवनराम श्रेष्ठ मन्त्री बन्दा आफुलाई सेटिंग र चलखेलमार्फत ठेक्का पट्टा सुम्पन्न कमिशन कुम्लाउने खेलमा चुनौति पैदा हुने बुझाईमा रहेको उनिहरुको भनाई छ । यहि कारण अधिकारी अहिले श्रेष्ठलाई मन्त्री बन्नबाट रोक्न कार्यलयको कामै छाडेर नेताको दैलो चाहार्न थालेका छन । उनै अधिकारीले शुक्रबार साँझ ललितपुरको सातदोबाटो नजिकैको एउटा रेष्टुरेण्टमा केहि ठेकेदार, बिचौलिया जम्मा पारेर नेकपा एसबाट जिबनराम श्रेष्ठबाहेक जो सुकै आएपनि आफुले खेलाईदिन सक्ने सुनाए ।

कार्यलयका सामान्य कर्मचारी र बिचौलिया ठेकेदार जम्मा पारेर प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले आफ्नो कुरा काट्न नसक्ने भन्दै पर्यटनमन्त्री कसलाई बनाउने विषयमा माधव नेपाललाई समेत खेलाउन सक्ने उनले सुनाएको प्राधिकरणभित्र अहिले गाईगुई चल्ने गरेको छ ।

महानिर्देशकको विषय अहिले सर्वोच्चमा विचारधिन रहेकाले यसको किनारा नलाग्दै अधिकारीले मन्त्री आले र पर्यटनसचिव महेश्वर न्यौपानेसँग मिलेर प्राधिकरणको खाली रहेको जग्गा भाडामा लगाउने र करोडौ कमिशन असुल्ने तयारीमा थिए । तर एकाएक आले बाहिरिने र श्रेष्ठ आउने चर्चाले अधिकारी आफ्नो योजना चौपट हुने त्रासमा छन् । यसबाहेक भर्खरै सम्पन्न भएको भन्दै परिक्षण उडान गर्दा ठुला विमानले उडान भर्न नसक्ने देखिएको गौतम बुद्ध अन्तरष्टिय विमानस्थलको भित्र व्यवसायीक प्रयोजनका लागि स्पेस जिम्मा लगाउने काममा समेत मोटो आर्थिक चलखेलमार्फत एक व्यपारीका पक्षमा सेटिंग गरिरहेका छन । यसअघि आफु आयोजना प्रमुख हुदाँ गरेका सबै काम कमिशनको चक्करमा असफल भएको विषय समेत नयाँ मन्त्रीले उठाउन सक्ने भएकाले अधिकारी मन्त्री फेरबदल हुने विषयले बेचैन देखिने गरेको उनिनिकट बताउँछन ।

अधिकारीका निकटस्थहरु भन्छन ः अन्तिम समयसम्म पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयमा आउने सम्भावना रहेका जिवनराम श्रेष्ठलाई रोक्ने यदि नसके उनले जिम्मेवारी लिएको भोलिपल्टैबाट असफल बनाउने योजनामा महानिर्देशक अधिकारीले बुनिसकेका छन जसमा सचिव न्यौपानेले पनि साथ दिएको उनको बुझाई छ । उनै अधिकारीको दौडधुपका कारण प्रधानमन्त्री पत्नी आरजु राणाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई फोन गरेर पर्यटनमन्त्रीमा एसकै श्रेष्ठबाहेक अरुलाई ल्याउन सुझाएको समेत बुझिएको छ ।

राजनीतिक पहुँचका आधारमा मालदार विभागको प्रमुख बनेर काम गदै आएका नेकपा एमाले निकटका उनै प्रदिप अधिकारी पछिल्लो पटक प्रधानमन्त्री पत्नी आरजु नजिक पुगेर वरिष्ठलाई पन्छ्याउदै महानिर्देशक बन्न सफल भएका हुन । उनले अहिले पनि प्राधिकरण मातहतका हरेक काम गर्दा एमाले नेताहरुसँग सल्लाह लिएर मात्रै काम गर्ने गरेका छन ।