मन्त्री हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने खनालको चेतावनी

नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल मन्त्री हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिसमा आनाकानी गरेपछि वरिष्ठ नेता खनालले सिफारिस गरेका नामलाई तत्काल मन्त्रीमा नियुक्त गर्नुपर्ने बताए हुन् ।

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्रि, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।