काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनले अवरोध गरेको बताएका छन् ।
बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप लगाए ।
पोखरेलले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानको हक सुनिश्चित गर्न हामीले अध्यादेश ल्याउँदा रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गर्दैछन् । यदि त्यो अध्यादेश नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसकेका हुन्थे ।’