काठमाडौंः काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमले चुनाव नजिकिएसँगै घरदैलो अभियानलाई आक्रमक बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार रहेका बमले आफ्नो क्षेत्रका मतदाताको घर घरमा गएर आशिरवादसँगै मत मागिरहेका छन्।
यसैक्रममा बमले मंगलबार महानायक राजेश हमालसँग शुभेक्षा मागेका छन्। भेटका क्रममा हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाउँमा नयाँ पुस्ता पुग्नुपर्ने बताए।
विचारमा स्पष्ट र नियतमा सफा युवाहरु यसपटक संसदमा जानुपर्ने बमको भनाइ छ।















