नवलपरासी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए ।
‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हामीले त्यसो गर्दैनौं,’ देउवाले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’
आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उनले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताए । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने उनले बताए ।















