नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधबार हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् ।
फिफाको प्रतिबन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आफूले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेकोसमेत बताए ।
नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रश्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आइतबार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द्व र वाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो ।
सोही टोली पाकिस्तानबिरुद्ध नेपाल मैदान उत्रिँदा कार्यवाहाक प्रशिक्षकमा प्रवेश कटुवालले पाकिस्तानी टोलीविरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेलने बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भएपनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोही अनुसार आफूले रणनीति बनाएको बताए ।















