काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।
युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे ।
बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट लिए ।
करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।आज नेपाल युएईविरुद्ध जितको खोजीमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।















