बसिरहेका मोदी आफैँ गएर सीसँग मिलाए हात, भारतमा चर्को आलोचना

एजेन्सी । इन्डोनेसियाको बालीमा जारी जी २० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ आमनेसामने भएका छन्। तर, दुवैबीच औपचारिक वार्ता भने भएको छैन ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सोमबार राति शिखर सम्मेलनमा सहभागी नेताहरुलाई रात्रिभोजको आयोजना गरेका थिए । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनपिङ आमनेसामने भए ।सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंसा भएको थियो, त्यसपछि दुवै पहिलो पटक आमनेसामने भए र केही समय कुराकानी पनि गरे ।

गलवान र कयौं सीमा क्षेत्रमा चीन भारतीय भूमिमा प्रवेश गरेको दाबी गर्ने कांग्रेस पार्टीले मोदी र जिनपिङबीचको भेटलाई निशाना बनाएको छ ।कांग्रेस सांसद राहुल गान्धी पनि गलवान र चीनको कथित अतिक्रमणलाई लिएर मोदी सरकारमाथि सधैं आक्रामक छन्। मोदी र सी जिनपिङको भिडियो कांग्रेस पार्टीको ट्विटर ह्यान्डलबाट सेयर गरिएको छ ।

यति मात्र होइन कांग्रेसले गलवानमा भएको हिंसामा मारिएका २० भारतीय सैनिकको नाम सार्वजनिक गरेको छ ।इन्डोनेसियाको राष्ट्रपति सचिवालयको आधिकारिक युट्युब च्यानलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सिटबाट उठेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हात मिलाएर केहीबेर कुराकानी गरेको देख्न सकिन्छ ।

दुबैको भेट हुने बित्तिकै त्यहाँ ठूलो भीड जम्मा भयो र धेरै मानिसहरु यस पलको भिडियो बनाउँदै पनि देखिएका थिए ।भर्खरै उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन ९एससीओ० बैठकमा नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी भएका थिए ।

एआईएमआईएम प्रमुख र सांसद असदुद्दीन ओवैसीले पनि मोदी र सी जिनपिङबीचको भेटलाई खिल्ली उडाएका छन् ।भिडियो ट्विट गर्दै ओवैसीले पनि लेखेका छन् – सरले रातो आँखा देखाउनुभएन ।

कांग्रेस नेता विनीत पुनियाले पनि भिडियो ट्विट गर्दै लेखेका छन्( लाल आंखाको वाचा थियो। चीनले दुई वर्षदेखि हाम्रो सिमानामा घुसपैठ गरिरहेको छ, तर किन यहाँ उभिएर बधाई दिइन्छ रु

युवा कांग्रेस अध्यक्ष एन श्रीनिवासले ट्विटरमा लेखेका छन्, ‘उठनी आवाज थी, खुद उठे चले आये। रातो आँखा देखिन्थ्यो, कुर्ता देखिन्थ्यो। १९ सेकेन्डमा मोदी जीको वचन र काम।’ युवा राजदले पनि सी जिनपिङलाई भेटेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको खिल्ली उडाएको छ ।