सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको छ। मंगलबार दुई वटा अध्यादेश पठाएको सरकारले बुधबार थप तीन अध्यादेश पठाएको हो। सरकारले पठाएका तीन अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश रहेको शीतल निवासका एक अधिकारीले जानकारी दिए।
सरकारले मंगलबार पनि दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो। जसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी समस्यासम्बन्धी अध्यादेश रहेका थिए।
झण्डै दुई तिहाइ रहेको सरकारले आह्वान गरिसकेको संसद् बैठक स्थगित गरेर धमाधम अध्यादेश ल्याउन लागेको हो। मंगलबारको अध्यादेश अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले नेपालखबरलाई जानकारी दिएको छ।
















