म्यानमारले पूर्वराजदूतसहित ६ हजार बन्दीलाई रिहा गर्ने

म्यानमारको सैन्य सरकारले बेलायतका पूर्वराजदूत, जापानी फिल्म निर्माता र देशका अपदस्थ नेताका एक अष्ट्रेलियाली सल्लाहकार सहित ६ हजार बन्दीहरूलाई रिहा गर्ने भएको छ।

पूर्वकूटनीतिज्ञ विक्की बोमन र टोरु कुबोटालाई यस वर्षको सुरुमा जेल पठाइएको थियो भने सन टर्नेललाई २०२१ को विद्रोहको लगत्तै हिरासतमा राखिएको थियो । म्यानमारको राष्ट्रिय दिवस मनाउनका लागि माफी दिइएको सेनाको जुन्ता सरकारले जनाएको छ ।

सेनाले सत्ता कब्जा गरेदेखि १६ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । सेनाले सन् २०२१ को फेब्रुवरीमा लोकतान्त्रिक रूपमा निर्वाचित आङ सान सुकीको सरकारलाई अपदस्त गरेको थियो । त्यसपछि देशभर ठूलो विरोध र व्यापक प्रतिरोध आन्दोलन सुरु छ ।

बोमनले सन् २००२ र २००६ को बीचमा म्यानमारका लागि बेलायतको राजदूतको रूपमा काम गरेकी थिइन । गिरफ्तारीको समयमा उनले यांगुनमा रहेको म्यान्मार सेन्टर फर रेस्पोन्सिबल बिजनेस चलाइरहेकी थिइन् ।