काठमाडौँ– नेपाल उड्डान प्राधिकरणले पछिल्लो समय गरेका एक पछि अर्को निर्णयहरु लगातार गलत सावित हुँदै गएका छन् । उड्डान प्राधिकरणको नेतृत्व प्रदीप अधिकारीको हातमा पुगेदेखि उनले गरेका निर्णयहरु लगातार असफल हुँदै गएका छन् । गलत छवि भएका अधिकारीले हचुवाको भरमा निर्णय गर्दा राज्य र प्राधिकरणलाई अरबौं घाटा लागेको छ ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा चलाउने निर्णय ५ महिना नपुग्दै फिर्ता भएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले कात्तिक ३० गते अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधी २४ घण्टाबाट घटाएर २१ घण्टा कायम गरेका हुन् ।
https://www.tvannapurna.com/69435/2022/06/02/
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)लाई पत्र लेख्दै अर्को निर्णय नहुँदा मंसिर १ गतेबाट विमानस्थल सञ्चालको अवधी घटाएको जानकारी दिएको हो ।
नोटाम (नोटिस टु एयरम्यान) जारी गरेर विमानस्थल सञ्चालनको अवधी घटाउनु पर्नेमा आन्तरिक परिपत्र गरेर विमानस्थल सञ्चालनको अवधी घटाइएको छ ।
प्राधिकरणले गत जेठ १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयपछि रातीको समयमा उडान गर्न वायु सेवा कम्पनीले चासो नदेखाएकाले विमानस्थल सञ्चालनको अवधी घटाइएको हो ।
विमानस्थल विहान ६ बजेसम्म सञ्चालन हुँदा समेत राति १ बजेदेखि ६ बजे सम्म कतार एयरलाइन्स र जजिरी एयरलाइन्सले मात्रै उडान गर्ने गरेका थिए ।प्राधिकरणका एक अधिकारी गत जेठमा हचुवाका आधारमा टिआइएलाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरिएकाले अहिले सेवा स्थगित गर्नु परेको बताउँछन् ।
https://www.tvannapurna.com/71514/2022/06/12/
भैरहवा विमानस्थलमा उडान थप गर्न सकिए हालको टर्मिनल भवन पर्याप्त नभएको पुष्टि गराएर करिब २२ अर्ब लागतमा नयाँ भवन बनाउने प्राधिकरणका महानिर्देशक अधिकारीको चाहना छ । विगतमा हचुवाका आधारमा पोखरा र भैरहवामा विमानस्थल निर्माण गरेकाले अहिले जसरी पनि ती विमानस्थल सञ्चालन गर्न टिआइए सञ्चालनको सेवा अवधी घटाउनु उपयुक्त नभएको प्राधिकरणका कर्मचारीको तर्क छ ।
यसबाट एउटा बदनाम सनकीको हातमा पुग्दा राज्यको महत्वपूर्ण निकाय निक्कै छोटो समयमा कसरी ध्वस्त बन्न सक्छ भन्ने कुराको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला ९ महिनामा गरेका काम र यसले राज्यलाई पुर्याएको क्षति हेर्यो भने प्रदीप भ्रष्ट व्यक्ति हुन भन्ने प्रमाणित हुन । एकातिर सनकी नेतृत्वका कारण गिर्दो प्राधिकरणको साख र अर्कोतिर राज्यलाई दैनिक बढिरहेको क्षति मात्रै होईन कार्यरत कर्मचारीमाथिको दादागिरीका कारण आजकल नेपाल नागरिक उडड्यान प्राधिकरण प्रदिप अधिकारीले खोलेको निजी कम्पनी हो वा सरकारको महत्वपूर्ण निकाय भन्ने प्रश्न चौतर्फी उठ्न थालेको छ ।
अझै डरलाग्दो त अधिकारीको दादागिरी र अवैध धन्दा चलाएर असुली गर्ने प्रवृत्तिले प्राधिकरणभित्रका धेरै कर्मचारी कार्यलयमा पुगेरै आफ्नो काम नै सहज रुपमा गर्न नसक्ने अवस्थामा पुगेका छन । डन पारामा कार्यलय पस्ने अधिकारीले प्राधिकरणभित्रका अनियमितताबारे कसैले प्रश्न उठाए कार्यलयमा आफ्नो चाकडी गर्नेलाई जम्मा पारेर जाँगिर खाईदिनेदेखि ज्यानै लिनेसम्मको धम्की दिने गरेको प्राधिकरणभित्रका कर्मचारी बताउँछन । यतिमात्रै होईन साँझ मादक पदार्थले मातेर बिमानस्थलमा कार्यरत महिला कर्मचारीलाई फोनमा अशिष्ट भाषामा हप्काउने गरेको गुनासो समेत उनिहरुले गरेका छन ।
https://www.tvannapurna.com/89010/2022/09/25/
प्राधिकरणको प्रमुख भएपछिका ९ महिना अधिकारीले मातहतको सम्पति कवाडीको मुल्यमा विक्री गरेर, खाली रहेको जग्गालाई भाडामा लगाएर, आवाश्याक नै नभएका स्थानमा भौतिक संरचना निमार्णको ठेक्का लगाएर दुई अर्ब बढि कमिशन जम्मा पारिसकेका छन । महानिर्देशक हुनुअघि राष्टिय गौरवका दुईवटै आयोजना पोखरा अन्र्तराष्टिय बिमानस्थल, भैरहवा अन्तराष्टिय विमानस्थलको प्रमुख भएर राज्यकोषको करोडौ रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही समयमा कमसल संरचना निर्माण गर्ने तथा ठेक्कापट्टामा चलखेर गरेर यसअघि विहान बेलुकाको छाक टार्न मुस्किल हुने परिवारका अधिकारीले चितवन, ललितपुर र काठकाण्डौमो घरजग्गा जोडेको तथा करोडौको ब्रिफकेश बोकेर तालुकदार मन्त्रालयलाई प्रभावित गरिरहेको उनिनिकटको भनाई छ ।
आर्थिक चलखेलकै कारण नागरिक उडड्यान प्राधिकरणका धेरै सिनियरलाई पन्छ्याएर ११औ तहबाट एकैपटक महानिर्देशकको कुर्ची पडकाएका उनले अहिले पनि प्राधिकरणको महत्वपूर्ण काममा भन्दा जताबाट कमिशन उठाउन सकिन्छ उतै लागेर पुरै संस्था बदनाम बनाएको प्राधिकरण स्रोत बताउँछन । नागरिक उडड्यान प्राधिकणको नेतृत्व गरिसकेका अघिल्ला डिजीहरुले समेत अधिकारीका कारण आफु कुनै कार्यकाल यो संस्थाको प्रमुख थिए भन्न समेत हिच्किचाउनुपर्ने अवस्था सिर्जना भएको सुनाए ।
https://www.tvannapurna.com/89306/2022/09/27/
महिला र मदिराका सवालमा असाध्यै उग्र स्वरुप देखाउन अधिकारीले आफ्नो आधा समय देशका महत्वपूर्ण निकाय अख्तियार, न्यायपालिका तथा सरकारकै सचिव तथा मन्त्रीहरुलाई समेत बोलाएर मदिरा पिउन लगाउने र सोही समयको भिडियो आफ्ना निकटलाई खिच्न लगाएर ब्ल्याकमेलिंग गर्ने गरेको केहिको आरोप छ । तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटनसचिव महेश्वर न्यौपाने लगायतका केहि उच्च अधिकारीलाई त उनले ठमेलका बारमा काम गर्ने एक युवतीलाई भेट्न लगाएर भिडियो खिची पत्रकारलाई बितरण गर्ने भन्दै ब्ल्याकमेल गर्न लगाएको नागरिक उड्डयान प्राधिकरणभित्रै चर्चा छ ।
आफुले दैनिक कमिशन डिल तथा प्राधिकरणभित्रका कर्मचारीमाथि असभ्य तरिकाले हप्कीदप्की गरेको घटना बाहिरिने भयले अहिले महानिर्देशक अधिकारीको कार्यकक्षमा प्रवेश गर्ने जोकोहीले मोबाईल तथा अन्य रेकर्ड हुनसक्न उपकरण लैजान निषेध गरेका छन् ।















