नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरेको छ । शनिबारको पार्टी सचिवालय बैठकले शाह र भुसाललाई पार्टीबाट निष्कासन गरेको हो । पार्टीविरुद्ध लागेको र पार्टी परित्याग गरेकाले निस्कासन गर्ने निर्णय गरेको उपमहासचिव गुरुङले जानकारी दिएका छन् ।
केन्द्रीय सदस्यहरु उपेन्द्र साह, कुन्दन कुसवाह रामपृत राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी, टेकबहादुर बलमपाटीलाई पनि पार्टीबाट हटाएको छ। केन्द्रीय निकायका खेम सुवेदी, वाङदी शेर्पा, भक्तबहादुर अधिकारी र लक्ष्मी शाहलाई पनि निस्कासन गरिएको उनले जानकारी दिए ।
भुसालले पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट सत्ता गठबन्धनको समर्थनमा रुपन्देहीबाट तथा साह रौतहटमा स्वतन्त्र उम्मेदवार बनेका थिए । दुबै जना एमाले परित्याग गरेर उम्मेदवार बनेका हुन् ।













