आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने भएको छ। खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुन लगानी दशक घोषणा गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी, नीजि र सरकारी लगानी कृषि क्षेत्रमा गरिने जानकारी गराए ।
त्यस्तै, बिउबिजनमा आत्मनिर्भर हुने सरकारको नीति छ । ‘कृषीमा आधारिक उद्योगीलाई सहज रुपमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नेछ,’ राष्ट्रपति पौडेलले भने, ‘कृषि क्षेत्रको उत्पादनदेखि बजारसम्मको इकोसिस्टम बनाई कार्यन्वयन गर्ने भएको छ ।’
त्यस्तै, कृषियोग्य बाँझो जमिनमा पशुपालन, फलफुल व्यवसाय गर्न प्रोत्साहन गरिने नीति सरकारले लिएको छ ।