काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन्। आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकको छलफलपछि प्रचण्डले बाहिरिएका हुन् । उनले कुनै प्रतिक्रिया दिन मानेन्।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडानमा छ। प्रचण्ड बाहिरिएपछि नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री देउवासँग छलफलमै छन्। बैठकमा देउवालाई प्रचण्ड–माधवले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एकरएक जनालाई बाँड्न प्रस्ताव गरेका थिए।
आज बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेपछि बैठक बस्न ढिलाई भएको थियो।














