द्रुतमार्गको धेद्रे जोडी सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं-तराई/मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो । यो सुरुङको लम्बाई १६ सय ५३ मिटर रहेको छ । निजगढबाट काठमाडौं आउनेतर्फको लेनमा रहने सुरुङको शुक्रबार ब्रेक थ्रु भएको हो ।

यसअघि जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।

रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरूको अवलोकन गरेका थिए ।