सरकारले विदेशबाट सुन ल्याउनेलाई कडाइ गरेको छ। अब कोटा बाहेक ५० ग्रामसम्मका गहना मात्रै ल्याउन पाइने छ। हाल कोटा बाहेक १०० ग्रामसम्म सुनका गहनामा भन्सार तिरी ल्याउन सक्ने व्यवस्था रहेको थियो।
कोटा बढीको ५० ग्राम सुन ल्याए पनि प्रचलित दर भन्दा थप ३ प्रतिशत महशुल लाग्ने छ। तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्रीलाई गहनाको मान्यता नदिइने भएको छ।
पुरानै व्यवस्था अनुसार पुरुषहरूले २५ ग्रामसम्म र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महशुल लाग्ने छैन।














