नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए ।
भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।
१ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो विप्लव समूहको थियो ।
अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।
पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।












