आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने माधव पक्षको निर्णय

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौँमा बसेको सो पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए  ।
उनले मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताएका छन् । पन्तले आफुहरुको गतिविधि र कामकारबाहीहरूले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाई छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र सांसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको पन्तले बताए ।