भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सोमबार सुनुवाई हुने भएको छ ।
विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटहरूमाथि आज सुनुवाइ हुन लागेको हो । ज्ञवालीले हिजो मात्रै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ ।
आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।














