बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरका डा. राज शर्मा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१२ खरैया घर भएका ४८ वर्षीय उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार पाख्रीबास नगरपालिकाका बिरामीले आफूलाई शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएका छन् ।
राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले बताए । डा. शर्माले पनि बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।















