निवर्तमान प्रधानमन्त्री एंव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको हो। सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।
सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए ।














