नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ हजार २१७ पीसीआर परीक्षणमा ३ हजार १९४ जना र ५ हजार ९०६ एन्टिजेन परीक्षणमा १ हजार ७१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मंगलबार कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या १० हजार १५० पुगेको छ ।
आइतबार नेपालमा २ हजार ११५ जना निको भएका छन् भने संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् ।















