लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा पत्र बोकेर प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिन लागेका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार उनी भर्खरै प्रदेश प्रमुख अमिक शेरचनकहाँ पुगेका छन् ।















