कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकामा प्रशासनले दियो अनुगमनलाई तीव्रता

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए नभएको बारे अनुगमन गरेको हो ।
प्रशासनको टोलीले काठमाडौंको बबरमहलदेखि कलंकीसंम्म अनुगमन गरेको थियो । सार्वजनिक सवारी, पसल, रेस्टुरेन्ट लगायतका क्षेत्रमा अनुगमन गर्दा लापरबाही भएको देखिएको  काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अनुगमनका क्रममा ३६ जना भन्दा बढिलाई स्थलगत कारबाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको उनले बताए । उनले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागी मास्कको प्रयोगलाई अनिवार्य गर्न अनुगमन गरिएको जानकारी दिएका छन् ।
प्रशासन कार्यालयले अव उपत्यकामा निरन्तर अनुगमन गरिने जानकारी दिएको छ ।