भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।
राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यसपछि उनले सरकार निर्माणको दाबी पेस गर्नेछन् । मोदीको दल भाजपाले यो चुनावमा २४० सिट जितेको छ । २७२ सिट अर्थात् बहुमत पु¥याउन भाजपालाई ३२ सिट कम छ ।
तर, सत्तारुढ गठबन्धनका अन्य दलसँग ५३ सिट छ । यसअघि मोदीले बुधबार नै क्याबिनेट बैठक राखेका थिए ।













