रनवेमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

त्रिभुवन विमानस्थलमा उडान र अवतरण दुवै प्रभावित भएको छ। रनवेमा समस्या आएपछि आन्तरिक र बाह्य उडान तथा अवतरण प्रभावित भएको हो । विमानस्थल कार्यालयकाअनुसार धावनमार्गको मध्य भागतिर प्वाल परेको भेटिएको छ ।

उक्त प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको छ । बैंककबाट काठमाडौँ आएको बोइङका जहाज अहिले आकाशमै फन्को लगाइरहेको छ।

त्यस्तै, ढाकाबाट आएको हिमालयन एयरलाइन्सको जहाज पनि घुमिरहेको छ। यसअघि जेठ ११ गते पनि रनवेमा खाल्डो देखिएकाले विमानस्थल एक घन्टा बन्द भएको थियो।