पाल्पामा १६ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–५, पारि बेझाडका २५ वर्षीय विक्की दमाईं छन् ।
यही जेठ ३ गते उनले ती किशोरीलाई ललाइफकाइ आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।