माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को महासचिवमा दीपेश पुनलाई मनोनित गरिने सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।
काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताए ।
पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।












