नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । सहमति कार्यान्वयन नभएको भन्दै रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका हुन् । शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन् । १० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।
‘अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने गरी प्रस्तुत भएपछि स्थायी कमिटी बैठकमा कार्यदल संयोजकबाट राजीनामा दिएको हुँ,’ रावलले भने, ‘औपचारिक रुपमा भोलि अध्यक्ष राजीनामा पत्र बुझाउनेछु ।’ रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि समर्थन जनाएका छन् ।














